जेठ २६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिमवाग्लेले सरकारले प्रस्तुत गरेको बजेटमा आयको अनुमानअविश्वसनीय रहेको तर्क गरेका छन् । शुक्रबार प्रतिनिधिसभामाआर्थिक वर्ष २०८०/ ८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागीबन्दैसांसद वाग्लेले बजेटको आयव्ययको अनुमान फेल हुनुको कारण खोजिनु पर्ने बताए ।
उनले भने ‘आयको अनुमानअविश्वसनीय छ । व्ययकोअनुमानईच्छा प्रेरित छ । धेरै बहस सुनियो । सुकेको व्यापार, गुमाएको रोजगारी, जोखिममा परेका लगानीर फैलिएको नैराश्यको उपचार परीक्षितआर्थिक नीति र सत्ताको बागडोर सम्हाल्ने मन्त्रीहरुका नैराश्यतार क्षमतामाथिनागरिकले गर्ने विश्वास नै हो ।’ सांसद वाग्लेले अगाडि भने ‘हाम्रो बजेटको आयव्ययको अनुमानहरु किन र कसरी फेल भईरहेका छन् भन्ने विष्लेषण सरकारले कसरी गरिरहेको छ ?’