• २०८१ फाल्गुन ७ गते बुधवार

राजस्व र व्यय माथिको छलफलमा उठेको प्रश्नको अर्थमन्त्री महतले जवाफ दिदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा आज(शुक्रवार) पनि राजस्व र व्यय माथिको छलफल जारी रहनेछ । संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक बिहान ११:३१ बजे शुरु हुने छ ।

सरकारले गत जेठ १५ मा आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि बजेट सार्वजनिक गरेको थियो । सोहि बजेटको सन्र्दभमा राजस्व र व्यय माथिको छलफलमा दुवै सदनमा सांसदहरुले आ–आफ्ना धारणा राख्दै आएका छन् । आज पनि राष्ट्रिय सभाका सांसदहरुले आफ्नो धारणा राख्ने र सो माथि उठेको प्रश्नको जवाफ अर्थमन्त्री प्रकाश शरण महतले दिने कार्यसूची तय भएको संसद सचिवालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस