• २०७९ माघ २५ गते बुधवार

भारतको लखनउमा बस दुर्घटना, १४ नेपालीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, लखनउ। भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुने १३ जनाकाे सनाखत हुन सकेको छैन ।

उनीहरु सबै टीकापुर र आसपासका बासिन्दा भएको बुझिएको छ । बसमा यात्रारत अन्य थुप्रै व्यक्तिहरु दुर्घटनामा परेर घाईते भएका छन । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । सनाखत हुनेमा टीकापुर नगरपालिका वडा नं १ व्यवशाय क्षेत्रका चन्द्रबहादुर साउँद रहेका  छन ।

लखनउबाट ३० किलोमिटर नेपालतर्फ पुगेपछि बस दुर्घटनामा परेको हो । नेपाली चढेको बसलाई दुईतर्फबाट बसले ठक्कर दिएको बताईएको छ । बसको नम्बर खुल्न सकेको छैन । भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन ।

प्रतिक्रिया दिनुहोस