• २०८० मङ्सिर १९ गते मङ्गलवार

ओएसआर डिजिटलका सञ्चालक अग्रवाललाई चारदिन हिरासतमा राख्न अनुमति

आपराधिक विश्वासघात' आरोपमा निर्देशक थापाविरुद्ध प्रहरीमा जाहेरी
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं । चलचित्र ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । प्रहरीले गत शुक्रबार पक्राउ गरेर आइतबार अदालतमा उनलाई उपस्थित गराएको हो ।

सोही क्रममा काठमाडौं जिल्ला अदालतले उनलाई चारदिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, निर्देशक सुदर्शन थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पु¥याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।

आपराधिक विश्वासघात’ आरोपमा निर्देशक थापाविरुद्ध प्रहरीमा जाहेरी
चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । चलचित्र प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

'आपराधिक विश्वासघात' आरोपमा निर्देशक थापाविरुद्ध प्रहरीमा जाहेरी

सोही घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पु-याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस