• २०८१ फाल्गुन ७ गते बुधवार

इजरायलमा ९ नेपाली घाइते

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी शनिबार ९ जना नेपाली घाइते भएका छन् । इजरायलको गाजा क्षेत्रनजिकै शनिबार बिहानदेखि शुरू भएको इजरायली सेना र हमासको लडाइँको क्रममा नेपाली नागरिकहरू कार्यरत रहेको कृषि फर्ममा आक्रमण हुँदा त्यहाँ कार्यरत नेपालीहरू घाइते भएको बताइएको छ ।

इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता अर्जुन घिमिरेका अनुसार नेपाल र इजरायलबीच भएको सरकार–सरकारबीच सम्झौताअनुसार कृषि क्षेत्रमा काम गर्न गएका नेपालीहरू आक्रमणमा परेका हुन् । उहाँले घाइतेका बारेमा यकिन जानकारी लिने प्रयास भइरहेको बताउनुभएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत ती घाइते नेपालीहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । इजरायलमा अहिले करिब दुई हजार नेपाली कृषि क्षेत्रमा कार्यरत रहेको बताइएको छ ।

यसैबीच भारतीय सञ्चार माध्यमका अनुसार हमासको लडाकु समूहले १७ जना नेपालीलाई बन्धक बनाएको छ । तर, इजरायलस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस