• २०८१ फाल्गुन ७ गते बुधवार

गणतन्त्र व्यवस्था नेपाली जनताको लागि अफापसिद्ध भयो : व्यवसायी प्रसाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौं । मेडिकल व्यवसायी दूर्गा प्रसाईले गणतन्त्र व्यवस्था नेपाली जनताको लागि अफापसिद्ध भएको बताएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान – २०७९ अन्तर्गत सम्पूर्ण राष्ट्रवादीहरुको एकता बृहत् घोषणा सभामा व्यवसायी प्रसाईले गणतन्त्र प्रधानमन्त्री दिल्ली जादाँ जति मान्छे गए तीनलाई मात्र गणतन्त्रक आएको बताए ।

उनले नेपाली जनताको जीवन परिवर्तन गर्नको लागि २०४७ को संविधानमा जान र व्यवस्था परिवर्तन गर्न जरुरी भएको दावी समेत गरे । उनले भने, यो व्यवस्था फर्नुपर्छ गणतन्त्र हामीलाई फापेन्, गणतन्त्र भनेर प्रधानमन्त्री दिल्ली जादाँ जति मान्छे गए तीनलाई मात्र आयो, गणतन्त्र सुनको तस्कर, बैंक तस्करहरु, लघुवित्त तस्करहरु माईतीघरमा छन् । हामी २०४७ को संविधानमा जान जरुरी छ, व्यवस्था परिवर्तन गर्न जरुरी छ । जबसम्म यो व्यवस्था परिवर्तन हुदैँन् । तपाईहरुले मुक्ति पाउनु हुदैँन् । ’

व्यवसायी प्रसाईले आफू भुईमान्छेको लागि काम गर्ने व्यक्ति भएको भन्दै राज्यलाई चाहिन्छ भने आफ्नो ८० प्रतिशत सम्पत्ति दिन तयार भएको उल्लेख गर्दै राज्यले सबैको ऋण मुक्ति गर्नुपर्ने बताए । उनले भने, म भुई मान्छेको मान्छे हो । तपाईहरुको ऋण नतिरेसम्म म चुप लागेर बस्दिन । यदि राज्यलाई चाहिन्छ भने मेरो २० प्रतिशत मात्र सम्पत्ति राखेर सबै सरकारलाई दिन तयार छु । तर यो राज्यले तपाईहरुलाई मुक्ति गर्नुपर्छ । आज नेपालीहरुलाई सामन्तिले सकायो, ५५ जना व्यापारी र १० जना नेता त्यही नेताभित्रका लघुवित्त, सहकारी तीनैले चलाउने हो । तीनैले आज गरीबको घर लुट्यो, गरीबका छोरी चेलीहरुलाई बलात्कार ग¥र्यो भनेर भन्दा म कसरी फटाभए , आज म उनीहरुको गाँस बाँस कपास बचाउन हिड्या छु, म त्यतिकै कराएको होईन् ।

व्यवसायी प्रसाईले २ करोड ९० लाख जनसंख्या भएको मुलुकमा १ करोड २५ लाख युवाहरु देशमा नभएको भन्दै अब काठमाडौं उपत्यका छिट्टै खाली हुने दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस