• २०८१ असार ३ गते आइतवार

१ हजारले घट्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । आज बिहिवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय ५० रुपैयाँ तय भएको जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस