• २०८० मङ्सिर १९ गते मङ्गलवार

भूकम्प पीडितकाे उद्धारमा जुट्न प्रगतिशील प्राध्यापक संगठनकाे अपिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, काठमाडौं । प्रगतिशील प्राध्यापक संगठनले भूकम्प पीडितकाे उद्धार, राहत तथा खाेजीमा जुट्न अपिल गरेकाे छ। संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसी र महासचिव डा. पद्मप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै यस्ताे अपिल गरेका हुन्।

संगठनले भूकम्पमा घाइते भएकाकाे निशुल्क उपचार गर्न, छिटाे राहत वितरण गर्न सरकारका साथै संबद्ध निकायलाई आग्रह गरेकाे छ। यस्तै विज्ञप्तिमा भूकम्पबाट भएकाे मानवीय तथा भाैतिक क्षतिप्रति संगठनले दु:ख व्यक्त गर्दै मृतक परिवारमा समवेदना तथा घाइतेकाे शीघ्र स्वास्थ लाभकाे कामना गरेकाे छ।

No description available.

प्रतिक्रिया दिनुहोस