• २०८१ साउन १ गते मङ्गलवार

राजनीतिको बाटो राजमार्ग जस्तो हुँदैन् : मन्त्री किराँती

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले किराँती र राई समुदायले राजनीतिको क्षेत्रमा जरा गाड्न नसकेको गुनासो गरेका छन् । सोमवार काठमाडौंमा आयोजित किराँत राई यायोक्खा ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले राजनीति क्षेत्रमा आफ्नो जरा माथि विश्वास गर्न नसकेका भन्दै ठिमाहा जस्तो भएको बताएका हुन् ।

उनले भने,‘ राजनीतिमा हामीलाई के लाग्यो लाग्यो । हाम्रो जरा माथि विश्वास गर्न सकेका छैनौं माटो माथि उठ्न सकेका छैनौ ठिमाहा जस्तौ देखिन्छौं । राजनीतिको बाटो राजमार्गजस्तो हुँदैन् । नथाक्नुहोस् तपाईहरु आज हामीलाई समय र भूमिकाले फरक ठाउँमा पु¥याएको छ ।’

प्रतिक्रिया दिनुहोस