• २०८१ फाल्गुन ७ गते बुधवार

राष्ट्रिय सभा बस्दै, संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं । राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजेपछि बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा ‘‘विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८०’’ लाई राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै,राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट पठाएको छुट्टाछुट्टै दुई पत्रको सन्देश सदनलाई जानकारी गराउने संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद्को सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सदनलाई जानकारी गराउने संसद सचिवालयबाट जारी कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस