• २०८१ जेष्ठ ३१ गते बिहिवार

कौडा खेलिरहेका ९ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३,काभ्रे ।  धुलिखेल नगरपालिका-३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस