• २०८१ फाल्गुन ७ गते बुधवार

सहकारी बैंकको एकाधिकार अन्त्य गर्नुपर्ने सांसद निधिको भनाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २३, काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले, सहकारी क्षेत्रको समस्या समाधानका लागि बैंकको एकाधिकार अन्त्य गर्नु पर्ने बताएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले, शहकारी क्षेत्रलाई अर्थतन्त्रको एक खम्बाको रुपमा मानिए पनि कागजी रुपमा मात्रै त्यो सिमित रहेकोले एउटै बैंकमा भएको एकाधिकारलाई तोडेर सरकारले यो क्षेत्रको आवाज व्यवस्थित रुपमा ऐन मार्फत नै सम्बोधन गर्नुपर्ने बताए।

उनले भने,‘देशमा अहिले एउटा मात्रै शहकारी बैंक छ, अर्को खोल्नको लागि न्युनतम ५सय शेयर होल्डरहरु भएर शहकारी बैंक खोल्न सक्ने प्रावधान ऐनमा छ तर, त्यसको लागि ५ सय जना सदस्यहरुले मिलेर दरखास्त दर्ता गराएका पनि छन्, विभागले त्यसलाई अगाडि बढाएको पनि छ । ऐनमा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने प्रावधान छ तर राष्ट्र बैंकले त्यसका लागि स्वीकृति दिएको छैन् ।’ अर्थतन्त्रको एक खम्बाको रुपमा मानिएको शहकारी क्षेत्रलाई सहभागितामूलक र रोजगारीमूलक बनाउँदै व्यवस्थित रुपमा अगाडि लैजान छुट्टै निकाय बनाउन अर्थमन्त्रीलाई उनको सुझाव छ ।

समाजवादी अर्थतन्त्रकको लागि लोकतान्त्रीक पद्धति र प्रतिस्पर्धा आवस्यक रहेको बताएका उनले थपे ‘एउटै बैंकको एकाधिकारलाई अन्त्य गर्नुपर्दछ । अहिले नेपालमा एउटै मात्र शहकारी बैंक छ, जसले दर्ता गराएको छ, त्यसलाई पनि खोल्न अनुमति दिने प्रावधान आगामी कार्यक्रममा ल्यउन आग्रह गर्दछु।’ हाल शहकारी क्षेत्र अनौपचारिक क्षेत्र जस्तो भएको बताएका उनले १० खरब बढी रकम परिचालन गरेको शहकारी क्षेत्रलाई सरकारले राम्ररी व्यवस्थित गर्न सकेमात्र अर्थतन्त्रमा हाल देखिएको तरलताको समस्या हल गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस