• २०८० मङ्सिर १२ गते मङ्गलवार

ओलीको व्यङ्ग : अर्थमन्त्रीको माया लाग्छ तर भुतले खाजा खाने बेला पर्नु भो

ओलीले उडाए बजेटको मजाक : ५५ अर्व भनेको ठाउँमा कतिआउँला?
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको अनुहार हेर्दा माया लाग्ने गरेको तर उनी भुतले खाजा खाने बेलामा परेको भन्दै व्यङ्ग कसेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले अघि सारेको आगामी वर्षको बजेटमाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आकांक्षा र अन्तर्राष्ट्रिय अवस्था हेर्दा बजेटले लिएको लक्ष्य पूरा हुन नसक्ने बताए ।


उनले भने ‘ सबै कुरा रेकर्डेट छन्, हामी सत्य तथ्यमा आधारित भएर कुरा गर्न चाहन्छौं । यो राष्ट्रिय जनता र अन्तराष्ट्रिय समुदाय प्रतिको प्रतिवद्धता वा जिम्मेवारी पूरा गर्न नसक्ने यस बजेटलाई कसरी स्वीकार्ने । अर्थमन्त्री ज्युको अनुहार हेर्दा माया लाग्छ त उहाँ भुतले खाजा खाने बेलामा पर्नु भो । परिस्थिति यस्तो छ तपाईको मन सफा होला । अगि भन्दै हुनुहुन्थ्यो कति सफा छ भनेर । उनले बजेटलाई नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताए ।

समृष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने उच्चदरको आर्थिक विकास हासिल गर्ने, व्यापकरूपमा रोजगारीको अवसर सिर्जना गर्ने, राष्ट्रिय वचतको वृद्धि गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, मूल्य नियन्त्रण गर्ने, चालू खाता घाटा घटाउने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी र दक्ष बनाउन बजेटले नसकेको उनको तर्क छ ।

ओलीले उडाए बजेटको मजाक : ५५ अर्व भनेको ठाउँमा कतिआउँला?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले पेश गरेको बजेटमाथि टिप्पणी गर्दै सरकारलाई मजाकमा उडाएका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भागलिंदै उनले गतबर्षको बजेटमा ५५ अर्ब आउने कुरा गर्दा ४ अर्ब आयो यसपटक पनि कति आउछ भन्दै प्रश्न गरे ।

उनले भने ‘ अर्थमन्त्रीज्युले यस पल्ट मजाले राख्नु भएको छ, ५० अरव ५ अरव आएको छैन् ५० अरवको फेरि लक्ष्य राख्नु भएको छ । यर्थाथमा साँचै कति आउला जस्तो लाग्छ । अहिले भन्न मिल्दैन होला पछि भन्नुहोला अर्थमन्त्रीजी । साचैं चाही कति आउला । पहिले पनि ५५ अर्व आउछ भनेर पोहोर यहि बोलेको हो नि आयो कति भन्दा ४ अरव । यो रोष्ट्रममा आएर जे भन्दिए पनि हुन्छ । चेवन भन्ने ॠषि सुकेर सिठ्ठा जस्ता भएको थियो रे च्यवनप्रास खाएपछि बढे रे, के अर्थमन्त्रीजीले गर्ने रिकभरि प्लानमा के च्यवनप्रास छ ?

प्रतिक्रिया दिनुहोस