• २०८१ पुष २९ गते सोमवार

आज मधेस प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुदैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, जनकपुर । मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

जसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाईएको छ । जसअनुसार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन । अर्थमन्त्री संजय कुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरुको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् । उनका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिदैँ मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस