• २०८१ बैशाख ४ गते मङ्गलवार

रौतहटबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । स्रोत नखुलेको रकमसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–२, ब्यारियलबाट स्रोत नखुलेको तीन लाख १२ हजार नेपाली रुपैयाँ र २२ हजार भारुसहित शुक्रबार राति उनीहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार, सीतामणिका २६ वर्षीय सुजितकुमार महतो समेत दुईजना छन् । चेकजाँच गर्ने क्रममा बीआर ३० एडी ३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस