माघ २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । फागुन १० गतेदेखि नै परीक्षा गर्ने भनेर तालिका सार्वजनिक गरेको पनिकाले अन्ततः कार्यतालिका संशोधन गरेको हो ।
वार्षिक परीक्षा प्रणाली अनुरूप २०७९ सालमा सञ्चालन हुने चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो ।
संशोधित परीक्षा तालिका अनुसार चैत १२ गतेदेखि हुनेछ । यसअघि फागुन १० गतेसम्म नै परीक्षा आवेदन फाराम भर्ने म्याद दिएको थियो । भने त्यही दिनदेखि नै परीक्षा सञ्चालन गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरेको थियो । उक्त कार्यतालिका पछि देशभरका विद्यार्थीहरू आन्दोलित बनेका थिए । उनीहरूले पनिकामा तालाबन्दी समेत गरेका थिए ।