• २०८१ जेष्ठ ३१ गते बिहिवार

आज देखी विश्वकप क्रिकेट सुरु हुदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं । विश्वकप क्रिकेटको आज उदघाटन खेल हुदैँछ । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो ।

आज देखी सुरु हुने क्रिकेट बिश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुदैँछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो । सो प्रतियोगिताको पहिलो उदघाटन खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको रुपमा लिइन्छ । सो उदघाटन खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

यस प्रतियोगिताको संस्करणमा १० देशको सहभागिता रहने छ । जसअनुसार यसपटक आयोजक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स मैदानमा उत्रिदै छन् ।

नेदरल्याण्ड विश्वकपको यस संस्करणमा एकमात्र एसोसिएट राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस