जेठ २२, काठमाडौं । अर्थशास्त्री तथा सांसदमा स्वर्णिम वाग्लेले नीति गत भ्रष्टाचार करमा पनि देखिन थालेको टिप्पणी गरेका छन् ।काठमाडौंमा आयोजित एक अन्र्तक्रियामा उनले करको दर स्थिर हुनुपर्ने भन्दै त्यसो नभएको बताए । उनले भने ‘स्थिर रुपमा राखेको भए राम्रो हुन्थ्यो तर अन प्रडक्टीभिटी र अगेन लास्ट टु इयरदेखि पोलिसी करप्सन त्यहाँ पनि देखिन थाल्यो । सर्टेन थ्रेस वल्र्ड भन्दामाथिका लाई यति त्यो भन्दा तलकालाई यति कुनै वैज्ञानिक कारण छैन् ।’
त्यस्तै उनले अर्थमन्त्रीहरुमा बजेटको आकार बढाउने होड देखिएको बताए । ‘डा. युवराज खतिवडाको पालामा समय अनुकुल रहेपनी ११ खर्ब १० अर्ब खर्च भएको थियो’, उनले भने, ‘खर्च गर्न नसकिने अवस्था समेत बजेटको आकार बढाउन प्रतिस्पर्धा देखियो।’
बजेट खर्च नहुने र बजेटमा राखिएको लक्ष्य पूरा नहुने विषयले बजेट माथिको विश्वसनीयता घट्दै गएको भन्दै बजेट बढाउन हौसिनेक्रम अन्त्य हुन जरुरी रहेको बताए ।