• २०८१ असोज २० गते आइतवार

सांसद चेपुवामा परेका छन् : सांसद प्रदिप यादव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं । प्रतिनिधि सभाका सांसद प्रदिप यादवले, जनता, सञ्चार माध्यम र संसदको चेपुवामा परेको टिप्पणी गरेका छन् ।आगामी आर्थिक वर्षको बजेटमाथिको बहसमा उनले निर्वाचनका बेला आफ्नो क्षेत्रमा कति विकास गर्नु भयो भनेर सोेध्ने संचारमाध्यमले नै सांसद विकास कोषको रकमबारे प्रश्न उठाएको भन्दै असन्तुष्टि पोखे ।

सांसद विकास कोष मार्फत दिइएको पाँच करोड दिने निर्णय स्वागतयोग्य भएको बताए ।‘यही मिडियाकर्मीहरु सोध्छ ल भन्नु त तपाई चुनाव जित्नु भएछ के विकास गर्नु भएछ ? ल बताउनुस त ? अब हामी के बताउनु । चेपुवामा त हामी परेछु ।’ उनले भने ‘एकातिर नीति बनाउन आएको छ । उता गाउँमा जाउँ क्षेत्रमा जाँउ मेरो विकास खोई मेरो सडक खोई पुल खोई स्वास्थ्य चौकि खोइ मेरो खानेपानी खोइ चेपुवामा त हामी परेको छौ ।’

पाँच करोड कुनै सांसदको मुद्दती खातामा राख्नको लागि आएको नभएको भन्दै उनले यसलाई थप बढाउनु पर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस