• २०८१ फाल्गुन ७ गते बुधवार

बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख घुससहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 वैशाख २२, काठमाडौं । जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ । भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस