• २०८० फाल्गुन १० गते बिहिवार

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं ।  स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भएका छन् । गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमुनि पेट र बाँया कोखा दुख्ने समस्या भएको र निको भएपछि बुधबार डिस्चार्ज गरिएको हो । राष्ट्रपति पौडेल अस्पतालबाट राष्ट्रपति भवन शीतल निवास गएका छन् ।

प्रतिक्रिया दिनुहोस