• २०८१ फाल्गुन ५ गते सोमवार

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी र संकटाबीचको खेल बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । र, खेल बराबरीमा सकिएको हो । बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १-१ अंक बाडेका छन् ।

प्रतिक्रिया दिनुहोस