• २०८१ बैशाख ४ गते मङ्गलवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।

शाहको पक्षमा ४१ र विपक्षमा ११ मत परेको छ । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

शाहलाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस