फागुन २१, काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएई पपुवा न्युगिनीसँग पराजित भएको छ । आइतबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा पपुवा न्युगिनीले युएईलाई ५ विकेटले हराएको हो ।
युएईले २६.२ ओभरमा अलआउट हुँदै दिएको ९६ रनको लक्ष्य पपुवा न्युगिनीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । युएईको पराजयसँगै नेपाललाई फाइदा पुगेको छ।