• २०८० मङ्सिर १९ गते मङ्गलवार

सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई राहतका लागि १ करोड उपलब्ध गराउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई राहत दिन एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। शनिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

धनगढीमा शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले राहत रकम सरकारी सहयता दिने बनेको निकायलाई उपलब्ध गराइने बताए।

जनधनको क्षतिको बारेमा आकस्मिक बैठक बसी तत्काल एक करोड रकम कर्णाली प्रदेश सरकारमार्फत दिइने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस