कात्तिक १८, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताए ।
भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ ।