• २०८० मङ्सिर १२ गते मङ्गलवार

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौं । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनले १ साता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको थियाे ।

सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस