• २०८१ बैशाख ४ गते मङ्गलवार

रास्वपालाई सरकारमा ल्याउनुपर्छ : नेकपा एसका अध्यक्ष नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, कैलाली। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताए।

“राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस