• २०८१ मङ्सिर २३ गते आइतवार

नेपाली क्रिकेट टिमले भारतसँग प्रतिस्पर्धा गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिमले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको दुवै खेलमा शानदार जित सहित क्वार्टरफाइनल पुगेको नेपालको प्रतिद्धन्दी भारत परेको हो ।

क्वार्टरफाइनलको ड्र अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो क्वार्टरफाइनलको रुपमा भारतसँगा खेल्नेछ ।

क्वार्टरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग, श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस