• २०८० फाल्गुन १० गते बिहिवार

मोरङस्थित विद्यालयको लेखापालबाट आत्मदाह प्रयास, अवस्था गम्भिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका मगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ५० वर्षीय मनिल ढकालले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले शनिवार बिहान ६ बजे विद्यालयको शौचालयमा गाई शरिरमा पेट्रोल खन्याएका थिए ।

त्यसपछि सलाई कोरेर आगो लगाएका थिए । आगोका कारण उनको शरिर पुरै जलेको छ । घटना लगतै प्रहरी उनको उद्धारमा खटिएको थियो । उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको थियो । गम्भिर घाइते भएका कारण थप थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर अस्पताल रिफर गरिएको छ । उनलाई अहिले काठमाडौं ल्याईँदैछ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले उनको अवस्था गम्भिर रहेको बताए । उनले भने,‘श्री माध्यामिक विद्यालयका लेखापलले विहानै आत्मदाहको प्रयास गरेको देखियो । उनको स्वास्थ्य अवस्था गम्भिर छ । थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको छ ।’ प्रहरीका अनुसार शरिरमा आगो लगाउनु अघि उनले मेटासिट खाएका थिए । उनी शनिवार बिहानै घरबाट निश्किएका थिए ।

प्रतिक्रिया दिनुहोस