• २०८० फाल्गुन १० गते बिहिवार

पहाडी भूभागमा मौसम सामान्य बदली रहने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा आज मेघ–गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिवार राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन सहित हल्का वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

साथै,देशको अधिकांश भू–भागको अधिकतम र न्युनतम तापक्रम बढ्ने सम्भावना रहेकाले अत्याधिक गर्मीबाट बच्न सर्तकता अपनाउन महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस