• २०८१ फाल्गुन ७ गते बुधवार

दार्चुला हिमपहिरो अपडेट : तीन जनाको शव भेटियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, दार्चुला ।  दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेका तीनजनाको शव फेला परेको छ भने दुईजनाको खोजीकार्य भइरहेको छ ।

मंगलबारदेखि यार्सा टिप्न जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।

सातजनाको उद्धार हुँदा पाँचना सम्पर्कविहीन भएका थिए । उनीहरुमध्ये तीनजनाको शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस