• २०८२ बैशाख १६ गते मङ्गलवार

असार एक गतेदेखि नयाँबसपार्क क्षेत्र बाहिरबाट सवारीसाधन सञ्चालनगर्न नपाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौ । काठमाडौं महानगरपालिकाले आगामीअसार एक गतेदेखि काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यकाबाहिर लामो, मध्यम तथा छोटो दूरीमा चल्ने यात्रुवाहक सवारी साधनलाई बसपार्क बाहिरबाट सञ्चाल नगर्न नदिने भएको छ । शुक्रबार एक सूचनाजारी गर्दै महानगरपालिकाले नयाँबसपार्कबाटै सार्वजनिक सवारी साधन सञ्चालनहुनुपर्ने व्यवस्था कार्यान्वयनगर्न सरोकारवालापक्षसंग सहमतिभएअनुसार नै सो निर्णय गरेको जनाएको छ ।

महानगरले अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावीयात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको भन्दै असारबाट उल्लेखित कार्य गर्न नपाइने स्पष्ट पारेको छ । ‘असार १ गतेदेखि नयाँबसपार्क भन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँबसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न जानकारी गरिन्छ। धुलिखेल, बनेपा, साँखु सम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनहरूको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको छ ।’ सूचनामा उल्लेख छ ।

उक्त निर्णय कार्यान्वयन नगर्ने जो कोहिलाई महानगरले ट्राफिक प्रहरीसंग समन्वय गरी नियमानुसार कानूनी कारबाहीगर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस