• २०८० फाल्गुन १० गते बिहिवार

बराहक्षेत्रका महिलाहरूलाई डल तथा कुसन मेकर तालिम

सुबिन विश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, बराहक्षेत्र । महिला सरोकार समाज बराहक्षेत्रको आयोजनामा सीपमूलक तालिम दिइएको छ । बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा १० दिने डल तथा कुशन मेकर तालिम सम्पन्न गरिएको समाजकी अध्यक्ष कमला थापाले जानकारी दिइन ।

बिहीबार नेपाल रेडक्रस सोसाइटी उपशाखा महेन्द्रनगरको भवनमा एक कार्यक्रम गरि तालिमको समापन गरिएको छ । समापन समारोहमा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दाकुमारी सुनुवार लगायतका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । संस्थाकि अध्यक्ष थापाका अनुसार बराहक्षेत्रका १५ जना महिलाहरू यस् तालिमबाट लाभान्वित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस