• २०८१ फाल्गुन ७ गते बुधवार

एमाले सचिवालय बैठक बस्दैः केन्द्रिय सदस्यको कार्यबिभाजन गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो ।

बैठक बिहान साढे ११ बजेवाट सुरू हुनेछ । सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यबिभाजनका गरिने छ । गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यबिभाजन गर्न लागिएको हो ।

एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस