• २०८० फाल्गुन २१ गते सोमवार

रवि लामिछानेका चालकको उपचारकाे क्रममा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएका थापाको मंगलबार दिउँसो करिब साढे १ बजे मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। वैशाख ४ गते उनी लामिछानेको चितवनस्थित घरको घतबाट राति खसेर घाइते भएका थिए । सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।

उनी छतबाट कसरी खसे भन्ने अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस