• २०८२ बैशाख १७ गते बुधवार

कञ्चनपुरमा छोराले गरे बुवाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९, कञ्चनपुर। कञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन् । पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले ७१ वर्षीय बुवा धन बहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार राति करीब २ बजेको समयमा खड्काले कुुटपिट गरेर बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनका अनुसार घरायसी विवादका क्रममा खड्काले बुवामाथि मुक्का र चिर्पट प्रहार गरेका थिए ।

प्रहरी निरीक्षक मल्लका अनुसार खड्कालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । उनका अनुसार विगतदेखि बुवा र छोराको बीचमा झगडा हुने रहेछ । सोमबार राति पनि दुवै जनाबीच विवाद भएपछि छोराले मुक्का र बाँसको चिर्पटले प्रहार गरेको देखिन्छ । घटनाबारे बिहानमात्र थाहा भएपछि स्थानीयले हामीलाई खबर गरेका थिए । अहिले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

बुवा र छोराको झगडा भएको थाहा पाएपछि राति छिमेकीले सम्झाइबुझाइ समेत गरेका थिए तर छिमेकीहरु आ–आफ्नो घर लागेपछि उनीहरुबीच फेरि झगडा भएको थियो ।

प्रतिक्रिया दिनुहोस