• २०८० फाल्गुन १० गते बिहिवार

नेपाललाई एसीसी प्रिमियर कपको उपाधिका लागि सामान्य लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९, काठमाडौं  । एसीसी पुरुष प्रिमियर कप क्रिकेटको उपाधिका लागि यूएईले नेपाललाई सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले ३३.१ ओभरमा १० विकेट गुमाउँदै ११७ रन बनाएको छ ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिएका छन्।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।

प्रतिक्रिया दिनुहोस