• २०८० फाल्गुन १० गते बिहिवार

प्रचण्डपथको काम जाति-जातिका बीचमा भिडन्त बढाउने हो : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डपथको काम जाति-जातिका बीचमा भिडन्त बढाउने रहेको बताएका छन् ।

आज काठमाडौँमा पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले अन्तर्घाती चरित्र एमाले चरित्र हुन नसक्ने भन्दै प्रचण्डपथको काम जातिजातिमा भिडाउने भएको तर एमालेले सबै जातिलाई एकताबद्ध बनाउने काम गरिरहेको बताए ।

उनले भने, ‘यो प्रचण्डपथको काम जाति जातिका बीचमा भिडन्त बढाउने हामी जातिजातिलाई उत्थान गराउने र एकताबद्ध गराउने, राष्ट्रिय शक्ति निर्माण गर्ने, हाम्रा संगठनको उद्देश्य झैझगडा होइन, समस्या समाधान गराउने हो’, । उनले जनतालाई सचेत बनाउँदै एमालेको सम्पूर्ण शक्ति सबल राष्ट्रिय शक्ति बनाउन केन्द्रित भइरहेको बताए ।

‘देशलाई अस्थिरता, अन्यौल र दिशाहिनताबाट जोगाएर सही बाटोमा लैजान अबको समय खेर जान नदिएर हामी एउटा सबल राष्ट्रिय शक्तिका रुपमा अघि बढ्नुपर्छ’अध्यक्ष ओलीको भनाइ छ । उनले एमालेले चलाएको मिसन ग्रासरुट अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता र कार्यकर्तामा सही विचार पुर्याउन जरुरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस