असोज १४, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका राजदूतलाई थप जिम्मेवारी प्रदान गरेका छन् । राष्ट्रपतिले चीनका आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई मंगोलियाका लागि र डेनमार्कका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनलाण्डको लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।