• २०८० फाल्गुन १० गते बिहिवार

बिहेको प्रस्ताव अस्वीकार गर्दा कपिलवस्तुमा २ जनाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, कपिलवस्तु। कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या भएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मीनबहादुर घलेले बताएका छन् ।

बाणगंगा नगरपालिका वडा नम्बर–६ , मटेरियाका ७० बर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ बर्षिय अन्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो । बिहीबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो ।

तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो । उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको कञ्चनका २२ बर्षिय मोहन थारुले उनीहरु माथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरिक्षक घलेले जानकारी दिए । चक्कु प्रहारपछि दुबै जना गम्भीर घाइते भएका थिए । बमबहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ बर्षदेखि प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताए । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस