• २०८० फाल्गुन १० गते बिहिवार

दुई छोरासहित आमाले विष खाइन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् ।प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।

झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसका मकवानपुर प्रहरीले जनाएको छ ।

साथै आमा सोनी र अर्काे छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस