• २०८१ फाल्गुन ७ गते बुधवार

सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, एनडीजामेना। अफ्रिकी देश चाडकाे उत्तरी क्षेत्रमा रहेकाे एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए ।

लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ । १० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए ।

घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस