• २०८१ असोज २० गते आइतवार

नेपथ्यको शनिबार भृकुटीमण्डपमा प्रस्तुति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १५, काठमाडौं । ‘मानवताको लागि संगीत’ भन्ने अभियानका साथ नेपथ्यले भाेली भृकुटीमण्डपकाे फरक मैदानमा कन्सर्ट गर्न लागेको छ । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गरेको हो ।

‘नेपथ्य समूहले संगीतबाट मनोरञ्जन मात्र नभई लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्नपुगेको छ,’ आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘कार्यक्रमलाई भव्य रूपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’

शुक्रवार मानवसेवा आश्रमले राजधानीको रानीबारीस्थित भवनमा दिउँसो दुई बजे नेपथ्य टोलीसँग भेटघाट तथा परिचय आदानप्रदान कार्यक्रम पनि राखेको थियो । त्यस बखत टोलीलाई मानवसेवा आश्रमको रानीवन शाखामा स्वागत तथा सम्मान गरिएको थियो । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरूको उपस्थिति थियो ।

नेपथ्यको शनिवार काठमाडौं उपत्यकाको दर्शकसँग भृकुटीमण्डपमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतिपछि नेपथ्य काठमाडौं फर्किएको हाे । उपत्यका बाहिरको ९ स्थानमा साँगीतिक देश दौडाहापछि नेपथ्य दशौं प्रस्तुतिका लागि काठमाडौ फर्किएको हो । यसपटकको उपत्यका बाहिर विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको छ । यसपटक नयाँ अभियान  विराटनगरबाट सुरुभएको यो यात्रा एक महिना लामो रह्यो ।

काठमाडौंको प्रस्तुति भृकुटीमण्डपमा साँझ ४ बजेदेखि छ । कार्यक्रममा नेपथ्यको ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङलगायत मञ्चमा उपस्थित हुने ६ जना कलाकारकासाथै प्राविधिक र व्यवस्थापन गरेर ७० जनाको टिम छ ।

प्रतिक्रिया दिनुहोस