पौष १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसमक्ष हस्तान्तरण गरेका थिए । भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।