• २०८० मङ्सिर १२ गते मङ्गलवार

देशभर अहिलेसम्म झन्डै २० प्रतिशत मात्रै रोपाइँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, काठमाडौँ । देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

विभागका अनुसार गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको छ ।

विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।

सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको छ । अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस