• २०८१ असोज २२ गते मङ्गलवार

सेनाद्वारा कञ्चनजंघा र मनास्लु हिमालमा १६ हजार ७२१ किलो फोहर संकलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ । सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

दुवै हिमालमा गरि १६ हजार ७ सय २१ किलो फोहर यो अभियानसँग सम्बद्ध संस्था तथा कार्यालयहरुका प्रतिनिधिको रोहबरमा अभ्नीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

सफा हिमाल अभियान अन्तर्गत कञ्चनजंघामा १२ हजार ३५६ र मनास्लुमा ४ हजार ३६५ केजी नकुहिने फोहर संकल गरिएको सेनाले जनाएको छ ।

Avatar

प्रतिक्रिया दिनुहोस