• २०८१ पुष २९ गते सोमवार

गोकर्णेश्वरमा टिपरको ठक्करबाट दुई बालिकाको घटनास्थलमै मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल खड्कागाउँमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलकी अन्दाजी ९ बर्षीया श्रेया तामाङ र ४ बर्षीया श्रृष्टी तामाङ रहेका छन् ।

घाइते भएका मोटरसाइकल चालक ३० बर्षीय रोहन तामाङको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बा ४ ख ६९६५ नम्बरको ट्रिपरले तामाङ बुबा छोरीहरू सवार बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । ट्रिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस