• २०७९ असोज ९ गते आइतवार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, कास्की। पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सभागृह चोकमा आज बिहान ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पोखरा–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको हो ।

उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार १८ वर्षीया मिना गुरुङ घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस