• २०८१ असोज २५ गते शुक्रवार

राप्रपा अध्यक्ष लिङ्देनद्वारा २४ पदाधिकारी मनोनयन (नामावलीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा २४ जना मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्री पदमा २४ जनालाई मनोनित गरेका हुन् ।

जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् । यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुन सुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् । सहमहामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राई मनोनित भएका छन् ।

यसअघि महाधिवेशनबाट राप्रपामा ४ उपाध्यक्ष र तीन महामन्त्रीसहित १४९ जनाको केन्द्रीय समिति निर्वाचित भएकामा पछि विधानअनुसार थप मनोनयन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस